१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

बुद्धभूमि नगरपालिकाले जिल्लामै पहिलो पटक अपाङ्गता परिचयपत्र वितरण थाल्यो



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले अपाङ्ग परिचयपत्र वितरण सुरु गरेको छ । नगर सभाको चौथो नगरसभाबाट अपाङ्ग परिचयपत्र वितरण कार्यविधि पारित भएसंगै नगरपालिकाले परिचयपत्र वितरण सुरु गरेको हो । आइतबार एक कार्यक्रममा बीच नगर प्रमुख केशव कुमार श्रेष्ठले वडा नं. ३ टाकुका एक जना अपाङ्गता भएका व्यक्तीलाई परिचयपत्र वितरण गरी अभियानको शुभारम्भ गर्नुभएको छ ।

सरकारले सामाजिक सुरक्षाभत्ता वापत अपाङ्गता भएका व्यक्तिलाई दिँदै आएको सुविधा अब स्थानीय सरकारले दिने कानुन बने संगै बुद्धभूमि नगरपालिकाले यसको सुरुवात गरेको हो । यसभन्दा पहिला जिल्ला स्थित महिला तथा बालबालिका कार्यालयले परिचयपत्रको साथमा भत्ता उपलब्ध गराउँदै आएको थियो । हाल यो कार्यालय स्थानीय तह मातहत आईसकेको छ । सरकारले तीन वर्गमा विभाजन गरी आपाङ्गता भएका व्यक्तिलाई मासिक भत्ता दिदँै आएको छ । सोही अनुरुप अब देखि सबै स्थानीय तहले भत्ता उपलब्ध गराउने छन ।

१० स्थानीय तह रहेको कपिलवस्तुमा अपाङ्गता परिचयपत्र वितरण गर्ने बुद्धभूमि पहिलो स्थानीय तह भएको छ । अरु स्थानीय तहले अझै परिचयपत्र वितरण गरेका छैनन । कतिपय स्थानीय तहले यसको कार्यविधि नै बनाएका छैनन् भने कतिपय प्रक्रियामा छन ।

बुद्धभूमि नगरपालिकाले जिल्लामै पहिलो पटक परिचयपत्र वितरण गरेको नगर प्रमुख केशव कुमार श्रेष्ठले मायादेवी अनलाइनलाई बताउनुभयो । आइतबार देखि सुरु भएको अभियान सबै वडा वडामा सञ्चालन हुने नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । नगरभित्रका सबै अपाङ्गता भएका व्यक्तीलाई परिचयपत्र वितरण गर्ने गरी अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो । हरेक टोलटोलमा गएर परिचयपत्र वितरण गरिने उहाँको भनाई छ ।

जिल्लामै पहिलो हिउँदे नगरसभा सम्पन्न गरी विभिन्न कानुन निर्माण गरिसकेको नगरपालिकाले आइतबार देखि अपाङ्गता परिचयपत्र वितरण कार्य शुभारम्भ गरेको नगरका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले बताउनुभयो । राज्यले लक्षित वर्गलाई दिदँै आएको सेवा सुविधालाई उनीहरुको हातहातमा पु¥याउनुपर्छ भन्ने उद्धेश्य अनुरुप जिल्लामै सबैभन्दा पहिलो यो कामको सुरुवात गरिएको पाध्याले बताउनुभयो । अभियान अन्रर्तगत जनप्रतिनिधिहरुको रोहवरमा कर्मचारीहरु नगरका १० ओटै वडामा गएर परिचयपत्र वितरण गर्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५ आइतबार ००:००  ४ : ३७ बजे