८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

कार्यक्रम गर्दा गर्दै बिरामी परे सोनु निगम, नर्भिकमा भर्ना



काठमाडौँ ।
चर्चित भारतीय गायक सोनु निगम बिरामी भएपछि थापाथलीस्थित नर्भिक अन्तर्राष्टिय अस्पतालमा भर्ना गरिएको छ।
विशेष कार्यक्रमको लागि भारतबाट नेपाल आएका निगमलाई ढाड दुखेपछि नर्भिक ल्याएको हो। उनी पोखराबाट नर्भिकमा उपचारको लागि आएका हुन्। उनको ढाडको मांशपेशीमा समस्या देखिएको चिकित्सकले देशसञ्चारलाई बताएका छन्।

निगमको डा। पंकजजलान, डा। लक्ष्मण रिजाल र डा। प्रविण नेपालको टोलीले उपचार गरिरहेका छ। उनको उपचारमा संलग्न डा। प्रवीण नेपालका अनुसार सम्भवत गायक निगमलाई मंगलबार नै डिस्चार्ज गरिनेछ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५ मंगलबार ००:००  ९ : १८ बजे