१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

आन्दोलनरत सरकारी चिकित्सकले राजीनामा संकलन गर्दै



काठमाडौं ।
सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकविरुद्ध आन्दोलनरत सरकारी चिकित्सकले आज राजीनामा संकलन गर्दै छन्। यसअघि आन्दोलनरत चिकित्सकहरू बुधबारदेखि सामूहिक बिदामा पनि बसेका छन् भने बिहीबारबाट थप सेवाहरु पनि बहिष्कार गर्ने सरकारी चिकित्सक संघका अध्यक्ष दिपेन्द्र पाण्डेले जानकारी दिए।
प्रतिनिधिसभाबाट पारित विधेयकले आफूहरुको मागलाई सम्बोधन नगरेको भन्दै देशभरका चिकित्सकहरुले विधेयक सच्याउन सरकारलाई दबाब दिँदै एक हप्ते आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्। उनीहरूको पूर्वघोषित कार्यक्रमअनुसार बिहीबार चिकित्सकहरुले राजीनामा संकलन गर्न लागेका हुन्। चिकित्सको आन्दोलनका कारण उपचारका लागि देशभरका सरकारी अस्पताल पुगेका बिरामीले सास्ती पाएका छन्।

प्रकाशित मिति : ९ फाल्गुन २०७५ बिहिबार ००:००  ७ : ३६ बजे