२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

वीर अस्पतालको नवनिर्मित भवनको लिफ्ट चुडिँदा दुई जनाको मृत्यु



काठमाडौं ।
वीर अस्पतालको नवनिर्मित भवनको लिफ्ट चुडिँदा बिहीबार बेलुकी दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। भवन निमार्णका लागि खाटिएका कामदार सप्तरीका नवीन चौधरी र भूमिकुमार चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा सप्तरीकै सोभित कुमार चौधरी रहेको महानगरीय प्रहरी वृत्त जनसेवा विशालबजारका डिएसपी टिकुनन्द लिम्बूले जानकारी दिए। घाइते चौधरीको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। निर्माणाधीन वीर अस्पतालको भवनमा बेलुकी ७ बजे समान लोड गरिएको लिफ्ट चुँडिदा उनीहरु च्यापिएका थिए।

प्रकाशित मिति : १० फाल्गुन २०७५ शुक्रबार ००:००  ६ : ०३ बजे