२० बैशाख २०८१, बिहिबार | Fri May 3 2024

एनसेलको मुख्य कार्यालय अगाडि शक्तिशाली बम बिस्फोट, २ जना घाइते



ललितपुर ।
ललितपुरको नख्खुमा रहेको एनसेलको मुख्य कार्यालयको मूलगेट अगाडि शक्तिशाली बम बिस्फोट हुँदा बाटो हिँड्दै गरेका २ जना घाइते भएका छन् । घटनामा घाइते हुनेहरुको नजिकैको अल्का अस्पतालमा उपचार भइरहेको छ।
शुक्रबार साँझ करिब ८ बजे भएको विष्फोट कसले गराएका हुन् भन्ने खुलेको छैन भने विष्फोटपछि नेपाली सेना, नेपाल प्रहरी तथा सशष्त्र प्रहरीको टोली परिचालन गरी सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।
विस्फोटमा एनसेलको मुख्य कार्यालसँगै रहेको आर एन फर्निचरमा ठूलो क्षति पुगेको छ । एनसेलकै कार्यालयमा भने के कति क्षति भएको भन्ने विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७५ शुक्रबार ००:००  ४ : ११ बजे