८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

नख्खु बम विस्फोटमा गम्भीर घाइते सिंहप्रताप गुरुङको ज्यान गयो



काठमाडौं ।
ललितपुरको नख्खुमा हिजो बेलुकी बम विस्फोट हुँदा घाइते भएका सिंहप्रताप गुरुङको ज्यान गएको छ ।
हिजो बेलुकी नख्खुमा एनसेलको मुख्य कार्यालयको मूलगेट अगाडि विस्फोट हुँदा घाइते भएका लमजुङको मेलुङ घर भई ललितपुर भैसेपाटी बस्दै आएका ४९ वर्षीय गुरुङको राति साढे १२ बजेतिर मेडिसिटी अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।
विस्फोटमा घाइते भएका ललितपुर महानगरपालिका ४ बागडोलकी २६ वर्षीया प्रतिक्षा खड्का र काभ्रेको बनेपा घर भई अहिले मेडिसिटी अस्पतालमा कार्यरत स्टाफ नर्स २५ वर्षीया उरुषा मानन्धरको मेडिसिटी अस्पतालमै उपचार भैरहेको छ ।
विस्फोट गराएको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेर सोधपुछ गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५ शनिबार ००:००  २ : ४३ बजे