मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुमा घुस सहित एकजना पक्राउ परेका छन् । जिल्लाको यशोधरा गाउँपालिका वडा नं. ३ मा रहेको श्रीकृष्ण माविका विद्यालय व्यवस्थापन समितिका सदस्य विजयनाथ चौव १ लाख घुस सहित पक्राउ परेका हुन् । शिक्षक भर्नाका लागि १ लाख घुस लिँदै गरेको अवस्थामा बुटवलबाट गएको अख्तियारको टोलीले स्थानीय रेसुंगा होटेलबाट उनलाई नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भैरहेको जनाईएको छ ।
११ फाल्गुन २०७५ शनिबार ००:००
0
Shares






प्रतिक्रिया