२० बैशाख २०८१, बिहिबार | Fri May 3 2024

रेडपाण्डाको छालासहित एक पक्राउ



रुकुम पश्चिम ।
दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले रेडपाण्डाको ३ वटा छाला सहित बाँफिकोट गाउँपालिका–३ कोलचौरका २३ वर्षीय विकास विकलाई पक्राउ गरेको हो ।

शुक्रवार मुसीकोट नगरपालिका–१ गिल्वाङमा ग ५ प ११६५ नम्बरको मोटरसाइकलमा सदरमुकामतर्फ आइरहेको अवस्थामा विक पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। विकले बोकेको झोलाभित्र रेडपाण्डको छाला बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए।

प्रहरीले शनिवार पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्ति तथा बरामद रेडपाण्डाको छाला सार्वजनिक गरेको हो। मोटरसाइकल पछाडी बस्ने नामथर र ठेगाना नखुलेका प्रतिक भनिने व्यक्ति भने फरार भएको प्रहरीले जनाएको छ।प्रतिकलाई नियन्‌त्रणमा लिने त्रममा प्रहरीमाथि नै आक्रमण गरेर भिरबाट हामफालेर भागेको डीएसपी खड्काले बताए। नियन्त्रणमा लिने त्रममा अभियुक्तले मोटरसाइकलको चेनिज प्याकेट प्रहार गर्दा प्रहरी हवल्दार थिरबहादुर विष्ट घाइते भएका छन्। विष्टको खुट्टामा गहिरो चोट लागेको छ।
मोटरसाइकल पछाडि बस्नेको खोजी र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अुनसन्धानपछि रेडपाण्डाको छाला र पक्राउ परेका व्यक्तिलाई डिभिजन वन कार्यालय पठाइने प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५ शनिबार ००:००  ८ : ४१ बजे