२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

जन्मदिनको अवसरमा प्रधानमन्त्रीद्वारा वृक्षारोपण



काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६८ औँ जन्मोत्सवको अवसरमा आँपको बिरुवा रोपेका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आँपको बिरुवा रोपेर जन्मदिन मनाएका हुन् ।
प्रधानमन्त्री ओलीले स्थानीय नसर्रीबाट ल्याएको बिरुवा रोपेको उनको निजी सचिवालयले जनाएको छ । यसैगरी प्रधानमन्त्री पत्नी राधिका शाक्यले अम्बाको बिरुवा रोपेकी छन् ।
जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले केक काटेर पत्नी राधिका र बुबा मोहनप्रसाद ओलीलाई खुवाए ।
प्रधानमन्त्री ओलीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ, अभिनेत्री जया प्रदा लगायतले शुभकामना दिए । प्रधानमन्त्री ओली २००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मेका हुन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५ शनिबार ००:००  ८ : ४७ बजे