२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

बिजुली हुकिङ गर्न खोज्दा करेन्ट लागेर २ को मृत्यु



महोत्तरी ।

महोत्तरीमा हुकिङ गरेर बिजुली चोर्न खोज्दा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । लोहारपट्टी नगरपालिका वडा नं. २ सुखैनियामा करेन्ट लागेर लोहरपट्टी नगरपालिका ३ रमदैया बस्ने ३० वर्षीय भरत यादव र २५ वर्षीय राम ईश्वर यादवको मृत्यु भएको हो ।बिहीबार राति करेन्ट लागेर घाइते भएका उनीहरुको अञ्चल अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको एसपी इश्वर कार्कीले जानकारी दिए ।

उनका अनुसार लोहारपट्टी नगरपालिका वडा नं. २ सुखैनियास्थित सकल मुखिया बिनको घरमा पास्नीको भोजमा बाजा बजाउनका लागि हुकिङ गरेर बिजुली चोर्न खोज्दा उनीहरुलाई करेन्ट लागेको थियो ।टनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

हुकिङ गरेर बिजुली प्रयोग गर्नु गैरकानुनी मानिन्छ । तर, यही फागुन ८ गते कैलालीको धनगढीमा सरकारको नेतृत्वकर्ता दल नेकपाका कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रममा पनि बिजुली हुकिङ गरेर प्रयोग गरिएको थियो । त्यही कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५ शनिबार ००:००  ८ : ४९ बजे