२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

बसको ठक्करबाट शिक्षकको मृत्यु



काठमाडौं ।
बसुन्धरामा बसको ठक्करबाट एक शिक्षकको मृत्यु भएको छ । शनिबार बिहान ७ः१५ बजे महाराजगञ्जबाट नयाँ बसपार्क आउँदै गरेको बा ४ ख ८४०७ नम्बरको सार्वजनिक यातायात प्रालिले ठक्कर दिँदा बा ५५ प २९९ नम्बरको मोटरसाइकलमा सवार ३९ वर्षीय प्रदीप न्यौपानेको मृत्यु भएको हो ।
लमजुङ सुन्दरबजार नगरपालिका–४ धारापानी घर भई हाल वनस्थली बस्ने घाइते न्यौपानेको उपचारका क्रममा ग्रिनसिटी अस्पताल बसुन्धरामा निधन भएको महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख झलकबहादुर थापामगरले जानकारी दिए ।
नेपाल मोडल माध्यामिक विद्यालय बसुन्धराका अध्यक्षसमेत रहेका मृतक न्यौपानेले साउथ वेर्स्टन कलेज बसुन्धरामा भौतिक विज्ञान तथा गणित विषयमा लामो समयदेखि शिक्षण गर्दै आएका थिए। दुर्घटना गराउने बसका चालक रामेछापका २३ वर्षीय मेखबहादुर कार्की र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५ शनिबार ००:००  ८ : ५७ बजे