८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

अनिताको शोकमा आइतबार होराइजन मावि बन्द रहने, हत्यारा पत्ता लगाउन माग



मायादेवी अनलाइन, वाणगंगा ।
शुक्रबार राति बाणगंगा– कुवेरापुर निवासी अनिता पौडेलको हत्याको शोकमा होराइजन मावि सिद्धिपुरले एक दिने शोक विदा दिने निर्णय गरेको छ ।
मृतक अनिता होर्राजन स्कुलमा सहयोगीका रुपमा रहेको हुनाले उनको निधनप्रति शोक व्यक्त गर्दै आइतबार (भोली) को लागि विद्यालय बन्द रहने र कुनै पनि क्रियाकलाप नहुने विद्यालयका प्रिन्सिपल बाुसुदेव घिमिरेद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
विद्यप्तीमा भनिएको छ– “विद्यालयकी अत्यन्त निष्ठ, इमान्दार र लगनशिल कर्मचारी अनिता पौडेलको हत्याको खबरले हामीलाई स्तब्ध बनाएको छ, उक्त नीन्दनीय,निर्मम र कारयरतापूर्ण घटनाको विद्यालय परिवार घोर भत्र्सना र निन्दा गर्दछ, साथै अनिता पौडेलको आत्माको चिर शान्तिको कामना गर्दै घटनाको सत्यतथ्य बाहिर लयाउन विद्यालय परिवारले प्रहरी प्रशासनसमक्ष माग गर्दछ ।” दोषीलाई तुरुन्त कारबाही हुनुपर्ने भन्दै यस्ता घटनाबाट सबैलाई सचेत रहन पनि विद्यालय परिवारले आग्रह गरेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५ शनिबार ००:००  १ : ४१ बजे