२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

अनिता पौडेलको हत्याबारे अनुसन्धान चल्दै



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिकामा अज्ञात समूहको गोली प्रहारबाट एक महिलाको मृत्यु भए पछि अहिले यसको अनुसन्धान भइरहेको छ शुक्रबारराती घरमै बसिरहेको बेला अज्ञात समूहको गोली प्रहारबाट अनिता पौडेलको मृत्यु भएपछि अहिले प्रहरी त्यसका सबुत फेला पार्नको लागि जुटिरहेको छ । अहिले पौडेलको शवलाई बुटवल स्थित एक अस्पतालको शवगृहमा राखिएको प्रहरीले छ । अनिताको घटनास्थलमै मृत्यु भएपनि के कारणले घटना घटेको हो प्रहरीको पुष्ट्याई भने अहिले सम्म आएको छैन । घटना प्रहरीको अनुसन्धान केन्द्रमा रहेको छ ।
यता मृतक पौडेलका श्रीमान भारत छन । उनका श्रीमान भारतवाट आएपछिमात्र मृतकको शव पोष्टमार्टम हुनुपर्ने परिवारका सदस्यले माग गरेपछि बुटवल पठाइएको हो । पारिवारिक सहमती अनुसार पौडेलको शवलाई लुम्बिनी अञ्चल अस्पताल बुटवलको शव गृहमा पठाइएको बाणगंगा वडा नं ४ का वडा अध्यक्ष गणेश क्षेत्रीले जनाउनु भएको छ ।
यता मृतक अनिता र उनका श्रीमान विष्णु पौडेल बीच लामो समय देखि तिक्तता रहेको स्थानीयले बताएका छन । उनका श्रीमान कान्छी श्रीमती साथमा भारत बस्दै आएका छन । उनका एक छोरा र एक छोरी छन । उनीहरु दुवै स्थानीय होराइजन माविमा अध्ययरत छन । अहिले उनहरुलाई मावली गाउँ बुद्धभूमि १ बसन्तपुरमा मामाको जिम्मामा छोडिएको छ ।
मृतक पौडेलका श्रीमानलाई घटनाबारे जानकारी गराएको र उनी एक दुई दिनमै नेपाल आउने बताइएको छ । हत्याबारे अहिले सम्म कुनै सवुत फेला नपरेकाले मृतक पौडेलका श्रीमान भारतबाट आएपछि थप अनुसन्धान गर्न सजिलो हुने कपिलवस्तुका प्रहरी नायव उपरिक्षक रवि रावलले बताउनुभयो ।
यसैबीच अनिता पौडेलको निधनले मर्माहत बनेको होराइजन मावि सिद्धिपुरले विज्ञप्ति मार्फत आज विद्यालय बन्द गरेको छ । मृतक अनिता होर्राजन स्कुलमा सहयोगीका रुपमा रहेको हुनाले उनको निधनप्रति शोक व्यक्त गर्दै आजको लागि विद्यालय बन्द गरेको र आज विद्यालयका कुनै शैक्षिक गतिविधि नहुने विद्यालयका प्रिन्सिपल बाुसुदेव घिमिरेद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्तीमा भनिएको छ– “विद्यालयकी अत्यन्त निष्ठ, इमान्दार र लगनशिल कर्मचारी अनिता पौडेलको हत्याको खबरले हामीलाई स्तब्ध बनाएको छ, अनिताको निधनको यस दुखद घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्गछौँ । साथै उक्त नीन्दनीय,निर्मम र कारयरतापूर्ण घटनाको विद्यालय परिवार घोर भत्र्सना र निन्दा गर्दछ, साथै अनिता पौडेलको घटनाको सत्यतथ्य बाहिर लयाउन विद्यालय परिवारले प्रहरी प्रशासनसमक्ष माग गर्दछ ।” दोषीलाई तुरुन्त कारबाही हुनुपर्ने भन्दै यस्ता घटनाबाट सबैलाई सचेत रहन पनि विद्यालय परिवारले आग्रह गरेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५ आइतबार ००:००  १२ : ५७ बजे