२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

अवैध कामदारमाथि मलेसिया प्रहरीको धरपकड, नेपाली कामदार पनि प्रभावित



मलेसिया ।
मलेसिया सरकारले श्रम अवधि सकिएपनि स्वदेश नफर्कि मलेसियामै वसिरहेका आप्रवासी कामदारमाथी धरपकड शुरु गरेको छ । मलेसियन अध्यागमन प्रहरीले साह आलम, श्रीमुडा सेलेंगरमा आइतवार विहानदेखि नै व्यापक रुपमा छापा मारिरहेको मलेसियाका स्थानीय सञ्चार माध्यमले जनाएका छन् । प्रहरीले ठूलो संख्यामा विदेशी कामदार पक्राउ गरेको हुनसक्ने सञ्चारमाध्यमले जनाएका छन् ।

भिसाको म्याद सकिएरपनि अवैधानिक रुपमा बसेर रोजगारी गरिरहेको विदेशी कामदार बसेको क्षेत्रलाई लक्षित गरेर मलेसियामा केही समय यता अध्यागमन प्रहरीले व्यापक धरपकड गरिरहेको हो ।

प्रहरीले जलान कार्ड ९परिचयपत्र०, वर्क परमिट र पासपोर्टको प्रतिलिपि नभएका विदेशी कामदारलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ । गएको ६ महिनादेखि मलेसिया सरकारले अवैध विदेशी कामदारमाथि निगारानी बढाइरहेका छ । पछिल्लो समय मलेसिया सरकारले गरेको धरपकडमा अवैध भएर काम गरिरहेका नेपाली कामदारसमेत परेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५ आइतबार ००:००  ७ : ०१ बजे