४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

साढे ८ किलो चरेशसहित काठमाडौंबाट १ जना पक्राउ



काठमाडौं ।
काठमाडौंको भत्केको पुलबाट ८ किलो ५ सय ग्राम लागू औषध चरेशसहित १ जना पक्राउ परेका छन् ।

प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीलाई काठमाडौं महानगरपालिका–३१ बस्ने नारायणलाल श्रेष्ठलाई साढे ८ किलो चरेशसहित पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५ आइतबार ००:००  ७ : ४० बजे