४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

काठमाडौंका लागि छुटेको बस रुकुममा दुर्घटना, ९ जना घाइते



बुटवल ।
आईतवार दिउँसो पश्चिम रुकुममा बस दुर्घटना भएको छ । पूर्वी रुकुमको अस्थाई सदरमुकाम रुकुमकोटबाट काठमाडौंका लागि पश्चिम रुकुमको मुसिकोट हुँदै आएको ना ५ ख ५३८५ नम्वरको बस दुर्घटनामा परेको हो । बस दुर्घटनामा ९ जना घाईते भएको प्रहरी प्रमुख डिएसपी सुमित खड्काले जानकारी दिए ।
९ जनाको अवस्था सामन्य रहेको र एक जना सिस्ने ५ रुकुम पूर्वकी ५० वर्षिया ईश्वरकुमारी बोहराको अवस्था गम्भीर रहेको डिएसपी खड्काले बताए । उनका अनुसार बसमा २४ जना यात्रु सवार थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५ आइतबार ००:००  ११ : ३१ बजे