४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

सरकारी कर्मचारीले घुस माग्दा भैंसी उपहार !



एजेन्सी । 
सरकारी कर्मचारीले नियमितजसो घुस मागेर तनावमा परेका एक किसानले अनौठो तरिका अपनाएका छन् । किसानले आफ्नो भैंसी नै सरकारी कर्मचारीलाई दिइदिएका छन् ।

यो घटना भारतीय राज्य मध्य प्रदेश खडकपुरको हो । खडकपुरका भूमि कर अधिकारी (तहसीलदार) ले किसानसँग घुस मागेका थिए ।

तहसीलदारलाई घुस दिनका लागि किसानसँग नगद रुपैयाँ थिएन । त्यसपछि किसानले तहसीलदारको गाडीमा आफ्नो भैसीको दाम्लो बाँधिदिए । ‘घुस दिनलाई मसँग पैसा छैन, यो भैंसी लैजानुहोस्’ भन्दै किसानले तहसीलदारको गाडीमा आफ्नो भैंसी बाँधिदिए ।

तहसीलदारले किसानसँग १ लाख रुपैयाँ घुस मागेका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार खडकपुरका तहसीलदार सुनील बर्माले जमिनको दर्ता प्रयोजनका लागि १ लाख घुस मागेका थिए ।

सरकारी कर्मचारीले घुस मागेपछि किसानले गाडीमा भैंसी बाँधिदिएको खबर अहिले उत्तर प्रदेशमा चर्चाको विषय बनेको छ ।

किसानले अहिले माथिल्लो सरकारी निकायमा तहसीलदार बर्माविरुद्ध उजुरी गरेका छन् । सरकारी अधिकारीहरुले तहसीलदार बर्मामाथि अनुसन्धान गर्ने प्रतिवद्धता जनाएका छन् ।
तस्वीर–एएनआई

प्रकाशित मिति : १३ फाल्गुन २०७५ सोमबार ००:००  ७ : १३ बजे