४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

भारतीय आक्रमणप्रति पाकिस्तान सरकार क्रुद्ध, कडा प्रतिकार गर्ने चेतावनी



एजेन्सी ।
भारतीय हवाई सेनाले पाकिस्तानको खाइबरपख्तुनख्वास्थित बेलाकोटमा आक्रमण गरेपछि पाकिस्तान क्रुद्ध बनेको छ । पाकिस्तानी भूमिमा प्रवेश गरी जैश–ए–मोहम्मद आतंकबादी समूहको तालिम केन्द्रलाई लक्षित गरी भारतले हवाई आक्रमण गरेपछि पाकिस्तानको यस्तो प्रतिक्रिया आएको हो । पाकिस्तानी सेनाले भारतीय बायुसेनाले आफ्नो हवाई क्षेत्र उल्लंघन गरेको र पाकिस्तानी हवाई सेनाको जवाफी कार्वाहीपछि फर्कीएको जनाएको छ। । भारतीय सेनाले आफ्नो हवाई क्षेत्रको उल्लंघन गरेपछि त्यस्को प्रतिक्रियाबारे पाकिस्तानी उच्च सैन्य अधिकारीहरुबीच छलफल भइरहेको पाकिस्तनी सञ्चार माध्यमहरुले जनाएका छन्। पाकिस्तानी सेनाले भारतीय सेना विरुद्ध जवाफी कारबाहीका लागि छलफल थालेको छ ।
यो घटनालाई पाकिस्तानी सेनाले पुष्टि गरेको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले भारतीय वायुसेना भारत पाकिस्तान नियन्त्रित क्षेत्र (एलओसी) उल्लंघन गर्दै पाकिस्तानी क्षेत्रमा प्रवेश गरेपनि पाकिस्तानको जवाफी कारबाही पछि फर्किएको जनाएका छन् ।गफूरले सामाजिक सञ्जाल ट्वीटरमार्फत मुजफ्फरवाद क्षेत्रबाट भारतीय सेनाले आफ्नो हवाइ क्षेत्र उल्लंघ गरेको र जवाफी कारबाहीबारे छलफल भइरहेको जनाएको उल्लेख गरेका छन् ।भारतीय वायु सेनाले बिहान साँढे ३ बजे एकैसाथ १२ वटा ‘मिराज’ युद्धविमानबाट पाकिस्तानी आतंकवादीहरुको तालिम केन्द्रलाई लक्षित गर्दै १ हजार किलोग्रामभन्दा बढी बम खसालेको हो।

प्रकाशित मिति : १४ फाल्गुन २०७५ मंगलबार ००:००  १० : २१ बजे