२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

भारतीय वायुसेनाको लडाकु विमान जम्मू–कश्मीरमा दुर्घटना, दुईजना पाइलटको मृत्यु



एजेन्सी ।
जम्मू कश्मीरको बडगाममा भारतीय एयरफोर्सको लडाकु विमान दुर्घटनामा परेको छ । एयरफोर्सको मिग–२७ लडाकु विमान दुर्घटना हुँदा विमानका २ जना पाइलटको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।
श्रीनगर एयरबेसबाट उडान भरेको विमान जम्मू कश्मीरको बडगामदेखि सात किलोमिटर टाढा गारेंद गाउँमा दुर्घटना भएको हो । विमान खाली खेतमा गएर खस्दा आगलागी हुन पुगेको बताइएको छ । जम्मू कश्मीरमा गस्तीमा रहेको सेनाको विमान दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाको कारण खुल्न नसकेको र छानविन भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५ बुधबार ००:००  ६ : ४८ बजे