२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

चितवनमा एम्बुलेन्स र भ्यान ठोक्किँदा एम्बुलेन्समा सवार बिरामीको मृत्यु



चितवन ।
एम्बुलेन्स र भ्यान ठोक्किँदा एम्बुलेन्समा सवार बिरामीको ज्यान गएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । गोरखाबाट भरतपुरका लागि छुटेको ग २ च ४६ ०० नम्बरको एम्बुलेन्स शहीदचोकमा मोड्ने क्रममा ना १ ज ७७ ७३ नम्बरको भ्यानमा ठोक्किँदा गोर्खा पालुङटारका ५५ वर्षका सन्तमान श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।
घाइते भ्यानका चालक तनहुँका प्रविण श्रेष्ठ र बिरामी कुर्न आएका गोर्खा पालुङटारका उदय श्रेष्ठको भरतपुर अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५ बुधबार ००:००  ६ : ५३ बजे