८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटना



काठमाडौं ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलीकप्टर दुर्घटनामा परेको छ। उनी सवार एयर डायनिस्टीको हेलीकप्टर ताप्लेजुङमा दुर्घटनामा परेको गृहसचिव प्रेमकुमार राईले जानकारी दिए। घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी छ। प्राप्त जानकारी अनुसार ताप्लेजुङको बाह्रडाँडा नजिकै हेलिकप्टर खसेको बताइएको छ। हेलिकप्टर आकाशमै आगो लागेर खसेको हो वा भुईंमा झरेर आगो लागेको हो भन्नेसमेत खुलेको छैन। हेलिकप्टरमा मन्त्री अधिकारी सहित ६ जना रहेका छन्। हालसम्म क्षतिको विवरण अज्ञात रहेको छ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५ बुधबार ००:००  ८ : ४० बजे