२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

पाकिस्तानी सेनाले भारतीय पाईलट नियन्त्रणमा लियो, तस्बिर र भिडियो भाईरल !



एजेन्सी ।
कश्मिरको पुलवा घटनाले भारत पाकिस्तानको सम्बन्ध झनै चिस्सिएको छ । यी दुई देश आक्रमणमा समेत अग्रसर बनिसकेका छन् । भारतले हिजोमात्र पाकिस्तानमा आक्रमण गरेपछि पाकिस्तानले पनि भारतीय भुमिमा पसेर जम्मू कश्मिरमा सेनाको क्याम्प नजिकै हवाई आक्रमण गरेको हो ।
यता पाकिस्तानले आफनो एयरस्पेशमा आएका भारतीय वायु सेनाको २ वटा विमान खसालेको पुष्टी गरिसकेको छ भने भारतीय मिडियाले यसलाई नकारेको थियो । यता भारतका बिदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले भने पत्रकार सम्मेलन गर्दे पाकिस्तानी सेनाले भारतमा हमला गरेको पुष्टी गरे ।


उनले पाकिस्तानी विमानलाई पनि खसालेको दाबी गर्दे उनले भारतीय विमानको पाईलट हराईरहेको पुष्टी गरे । उनले भने र्दुभाग्यबस यस मिसनमा हाम्रो विमान पनि खसालिएको छ र पाईटल हराईरहेका छन् । पाकिस्तानले हाम्रो पाईलटलाई नियन्त्रणमा लिएको दाबी गरेको छ र यसमा हामी अनुसन्धान गरिरहेका छौँ ।

सामाजिक सञ्जालमा पनि पाकिस्तानले भारतीय विमानलाई खसालेपछि एक जनाको मृत्यु भएको र अर्का पाईलटलाई जीवितै उद्धार गरी नियन्त्रणमा लिएको तस्बिर तथा भिडियो भाईरल बनिरहेको छ । अभिनन्दन नाम गरेका ती भारतीय विमानका पाईलटको आँखामा पट्टी बाँधेर लगिएको देखाईएको छ । उनको यतिबेला उपचारका लागि अस्पताल लगिएको पनि बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५ बुधबार ००:००  ११ : २७ बजे