२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

हेलिकप्टर दुर्घटनामा निधन भएका सबैको शव लिएर उड्यो सेनाको हेलिकप्टर



ताप्लेजुङ ।
हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितको शव लिएर नेपाली सेनाको हेलिकप्टर ताप्लेजुङबाट काठमाण्डौ उडेको छ ।सुकेटार विमानस्थलमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले ताप्लेजुङमा शवपरीक्षण हुन नसक्ने ठहर गर्दै काठमाण्डौ पठाउने निर्णय गरेको थियो ।ताप्लेजुङको सिस्नेभीरमा हेलिकप्टर दुर्घटना हुँदा निधन भएकामध्ये चारजनाको शव बुधबार नै सुकेटार पुर्‍याइएकोमा बाँकी तीनजनाको शव बिहीबार बिहानमात्रै सुकेटार पुर्‍याइको हो ।खराब मौसमका कारण बुधबार ल्याउन नसकेपछि प्रहरी तथा सेनाको टोलीले रातभर घटनास्थलमै कुरेर बसेका थिए ।बुधबार दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातजना चढेको डाइनेस्टी एयरको हेलिकप्टर सिस्नेभीर नजिकै दुर्घटना हुँदा सातजनाको निधन भएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५ बिहिबार ००:००  ७ : ११ बजे