२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मृतकका परिवारलाई भेटेर समवेदना दिए प्रचण्डले



काठमाडौं ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएकाको परिवारलाई समवेदना प्रकट गरेका छन् ।दिवंगत भएका पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको बुबा, आमा र श्रीमतीलाई मन्त्री निवास हरिहरभवनमा भेट गरेर प्रचण्डले समवेदना प्रकट गरेका हुन् ।

यस्तै व्यवसायी आङछिरिङ शेर्पा, नेपाल उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ, नेपाल सरकारका उपसचिव युवराज दाहालको परिवारलाई भेटेर समवेदना दिएका हुन् ।यसबाहेक अनेरास्ववियुले पनि पर्यटनमन्त्री लगायत ताप्लेजुङ घटनाका मृतकप्रति श्रद्धाञ्जली दिँदै परिवारजनमा समवेदना प्रकट गरेको छ । विज्ञप्ति निकाल्दै अखिलले दुख व्यक्त गरेको हो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५ बिहिबार ००:००  ७ : ५१ बजे