२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

हेलिकोप्टर दुर्घटनाः सातवटै शव पोस्टमार्टम गर्न दुई घण्टा लाग्ने



काठमाडौं ।
हेलिकोप्टर दुर्घटनामा निधन भएका सातजनाकै शव पोस्टमार्टम त्रिवि शिक्षण अस्पतालमा शुरु भएको छ । शवहरूको पोस्टमार्टम सक्न कम्तिमा दुई घण्टा लाग्ने अस्पताल स्रोतले बताएको छ। एकपटकमा दुई शवको पोस्टमार्टम गर्ने अस्पतालको क्षमता रहेको र सात जनाको शव पोस्टमार्टमका लागि कम्तिमा दुई घण्टा लाग्ने अस्पतालले जनाएको छ। निधन भएका मन्त्री रवीन्द्र अधिकारी र उनका अंगरक्षक अर्जुनकुमार घिमिरेको शवको मात्रै पहिचान हुने अवस्थामा रहेको बताइएको छ । बाँको शव पहिचान हुन नसक्नेगरी जलेकाले थप समय लाग्ने बताइएको छ। मन्त्री अधिकारीको शवलाई श्रदाञ्जलीका लागि टुँडिखेलमा दिउँसो ३ बजेपछि राख्ने कार्यक्रम रहेको छ। बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, यती एयरलाइन्सका प्रवन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका अंगरक्षक अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, प्राधिकरणका निर्देशक धुव्रदास भोछिभया र हेलिकप्टर क्याप्टेन प्रभाकर केसीको निधन भएको थियो।

प्रकाशित मिति : १६ फाल्गुन २०७५ बिहिबार ००:००  ९ : ३९ बजे