२५ बैशाख २०८१, मंगलबार | Wed May 8 2024

स्वदेश फर्किएपछि आमाको अंगालोमा बेरिएर रवीन्द्रका छोराले भने म आएँ, चिन्ता नलिनुस्



काठमाडौं ।
हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भएपछि देशनै शोकमा छ ।अचानक आइलागेको यो बज्रपातबाट मृतकका परिवार सम्हालिन सकिरहेका छैनन् ।

भावविह्वल हुँदै काठमाडौं आइपुगेका रवीन्द्रका आमाबुवा छोराको अन्तिम संस्कारको तयारीका लागि पोखरा फर्किएका छन् भने पत्नी विद्या भट्टराई पुल्चोकस्थित मन्त्री निवासमा विक्षिप्त अवस्थामा छिन् ।

कम्प्युटर इञ्जिनीयरिङ अध्ययनका क्रममा दिल्लीमा रहेका रवीन्द्रका जेठा छोरा विराज अधिकारी बिहीवार काठमाडौं आइपुगेका छन् । उनी साँझ ६स्१५ मा पुल्चोकस्थित मन्त्रीक्वाटर प्रवेश गरे ।

श्रीमानको मृत्युपश्चात् भावविह्वल बनेकी आमालाई रुँदै अंगालो हालेका विराजले सम्हालिँदै भने( आमा, म आएँ चिन्ता नलिनुस् १ शुरूमा आफैं पनि भावविह्वल बनेका विराज एक घुट्को पानी पिउँदै सम्हालिएका थिए ।

कान्छा छोरा स्वराज अधिकारी भने पोखरामै छन् । उनी कक्षा चारमा अध्ययनरत छन् ।छोराको आगमनसँगै थोरै सम्हालिए पनि विद्याका आँखा ओभाएका छैनन् ।आफन्त तथा शुभेच्छुकहरूले क्वार्टरमै पुगेर शोकाकूल परिवारलाई सान्त्वना दिइरहेका छन् । शुक्रवार टुँडिखेलमा हुने श्रद्धाञ्जलि सभामा रवीन्द्रका पत्नी र जेठो छोरा सहभागी हुनेछन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५ बिहिबार ००:००  १ : ३२ बजे