२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

दिवंगत मन्त्री अधिकारीको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिदै



मायादेवी अनलाइन, काठमाण्डौँ
ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव परीक्षणको कार्य सकिएको छ ।
शिक्षण अस्पताल महाराजगञ्जमा बिहिबार राति साढे १ बजे सातै जनाको शव परीक्षणको कार्य सम्पन्न भएको डा. रिजन श्रेष्ठले जानकारी दिनुभयो । शव परीक्षणको काम दिउँसो साढे २ बजेदेखि सुरु भएको थियो । डा. श्रेष्ठले छिटो काम सक्नुपर्ने भएकोले आफूहरुको टोलीले एक छिन पनि आराम नगरेर सबै शवको परीक्षणको काम सकिएको बताउनु भयो ।  अब सातै जनाको शव बिहान ८ बजेदेखि ११ बजेसम्म टुँडिखेलमा राखिने र श्रद्धाञ्जलिका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री, मन्त्रीलगायत विशिष्ट व्यक्ति पुग्ने बताइएको छ । श्रद्धाञ्जलिपछि मन्त्री अधिकारीको शव गृहनगर पोखरा लगेर राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने र अन्य मृतकको शव आफन्तजनलाई जिम्मा दिइने  छ । श्रद्धाञ्जलिपछि मन्त्री अधिकारीको शव गृहनगर पोखरा लगेर राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने र अन्य मृतकको शव आफन्तजनलाई जिम्मा दिइने छ । अधिकारीको श्रद्धाञ्जलीको लागि रक्षा मन्त्री इश्वर पोख्रेल, श्रम मन्त्री गोकर्ण विष्ट, भूूमिसुधार मन्त्री पद्मा अर्याल लगायत पोखरा पुग्नु हुने छ । आज विहान ८ बजे देखि १२ बजेसम्म उहाँको शवलाई अन्तिम श्रद्धाञ्जलीको लागि उहाँकै निवासमा राखिने छ । त्यसपछि दिउसो अन्त्येष्टी गरिने पारिवारिक श्रोतले जनाएको छ ।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

 

प्रकाशित मिति : १७ फाल्गुन २०७५ शुक्रबार ००:००  १ : ५६ बजे