२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

दिवंगत अधिकारीलाई श्रद्धाञ्जली दिनेको टुँडिखेलमा भीँड, प्रधानमन्त्री ओलीले ओढाउनु भयो राष्ट्रिय झण्डा



काठमाडौँ – हेलिकप्टर दुर्घटनामा निधन भएका मन्त्री रवीन्द्र अधिकारीसहित अन्य मृतकप्रति सैनिक मञ्च टुँडिखेलमा श्रद्धाञ्जली कार्यक्रम जारी छ । हिजो नै श्रद्धाञ्जलीको कार्यक्रम तोकिएपनि शव परीक्षणको काममा ढिलाई भएपछि आज बिहानका लागि सारिएको थियो । टुँडिखेलमा श्रद्धाञ्जली दिन अहिले धेरैको भीँड छ । सुरुमा राष्ट्रपति विद्यादेवी भण्डारी टुँडिखेल पुगेर अधिकारीसहित सातै जनालाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । सोही अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले पनि मन्त्री अधिकारीसहित सातैजनालाई श्रद्धाञ्जलीअर्पण गर्नुभयो। यस्तै अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राष्ट्रिय झण्डा ओढाउनु भएको छ । सैनिक मञ्च टुँडिखेलमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो  ।
राष्ट्रिय झण्डापछि प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको झण्डा ओढाउन’ भएको थियो . मन्त्री अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलीका लागि उनीहरुको शव बिहान टुँडिखेलमा राखिएको छ ।
मन्त्री अधिकारीको शव काठको बाकसमा राखिएको छ ।टुँडिखेलमा श्रद्धाञ्जलीपछि मन्त्री अधिकारीको शव अन्तिम संस्कारका लागि उनको गृहनगर पोखरा लगिनेछ ।पोखरामा मन्त्री अधिकारीको राजकीय सम्मानका साथ आज नै अन्तिम संस्कार गरिने कार्यक्रम छ । अन्य मृतकको शव आफन्तलाई जिम्मा लगाइनेछ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५ शुक्रबार ००:००  ४ : १५ बजे