२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

दिवंगत मन्त्री अधिकारीको श्रद्धाञ्जलीका लागि पोखरामा तयारी



कास्की ।

हेलिकप्टर दुर्घटनामा परि निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको श्रद्धाञ्जलीका लागि पोखरामा तयारी गरिएको छ ।

अधिकारीको शव शुक्रबार दिउँसो १२ देखि ४ बजे सम्म श्रद्धाञ्जलीका लागि राखिने गण्डकी प्रदेशका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिनुभयो ।

श्रद्धाञ्जलीपछि प्रदर्शनी केन्द्र नयाँबजारबाट सुरु हुने शव यात्रा महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटमा लगेर अन्त्येष्टि गरिनेछ । यसैबीच, नेकपा गण्डकीले फागुन १९ गते प्रदेशका सबै जिल्लामा शोक सभा गर्ने निर्णय गरेको छ । प्रदेशका सबै पालिकाहरुमा २४ गतेसम्म शोक सभा गर्ने निर्णय नेकपाको निर्णय छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५ शुक्रबार ००:००  ६ : ३३ बजे