२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारी अचेत, भेन्टिलेटरमा उपचार, दुबईमा रहेका छोरीहरुलाई राजधानी झिकाइयो



काठमाडौं ।
पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था गम्भिर भएको छ । पहिलो पुस्ताका कम्युनिस्ट नेता तथा अधिकारीलाई अहिले भेन्टिलेटरमा राखिर उपचार गरिदै छ ।
पुस २३ देखि अस्वस्थ हुनुभएका अधिकारीलाई मेटिसिटी अस्पत्तालबाट थप उपचारको लागि भन्दै अहिले धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना गरी उपचार जारी छ ।
अधिकारको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि बिहीबारदेखि भेन्टिलेटरमा राखिएको चिकित्सकले जनाएका छन् । अस्पताल स्रोतका अनुसार अधिकारीको अचेत अवस्थामा उपचार भइरहेको छ । अधिकारीको अवस्था गम्भिर भएपछि सिक्किम र दुबईमा रहेका छोरीहरुलाई काठमाडौं झिकाइएको छ । अधिकारीको उपचारमा डा. भगवान कोइराला,अर्जुन कार्की लगायतका वरिष्ठ चिकित्सक संलग्न रहेको ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारीले बताउनु भयो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५ शुक्रबार ००:००  ८ : ४४ बजे