२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

राष्ट्रियसभामा शोक प्रस्ताव पारित



काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएका सातै जनाप्रति राष्ट्रियसभाले शोक प्रस्ताव पारित गरेको छ ।शुक्रबार बसेको बैठकले निधन भएकाहरुप्रति एक मिनेट मौन धारण गर्दै शोक प्रस्ताव पारित गरेको हो । यसअघि दाहसंस्कार भइसकेपछि मात्रै शोक प्रस्ताव पारित गर्ने परम्परा रहेपनि पछिल्लो समय त्यसअघि नै शोक प्रस्ताव पारित हुन थालेको छ ।पछिल्लो पटक पूर्व मन्त्री तथा कांग्रेस नेता चक्र बास्तोलाको निधन भएका बेला पनि दाहसंस्कार नहुँदै शोक प्रस्ताव पारित गरेर परम्परा तोडिएको थियो ।शोक प्रस्ताव पारित गरेर राष्ट्रिसभाको बैठक स्थगित भएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५ शुक्रबार ००:००  ८ : ५५ बजे