२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

अधिकारीलाई श्रद्धाञ्जलि दिन पोखरामा जनसागर उर्लियो



पोखरा – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई श्रद्धाञ्जलि दिन पोखरामा ठूलो संख्यामा नागरिक भेला भएका छन् । मन्त्री अधिकारीको पार्थिव शरीर केहिबेरमा पोखरा ल्याइँदैछ ।पोखरा ९ नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा हुने श्रद्धाञ्जलि कार्यक्रममा सहभागी हुन ठूलो संख्यामा नागरिक भेला भएका हुन् । श्रद्धाञ्जलिसभा स्थलमा पार्टीका ४९ वटा झण्डा झुकाइएको छ ।

मन्त्री अधिकारीको उमेर ४९ वर्ष पुगेका कारण ४९ वटा झण्डा झुकाइएको पार्टीका कार्यकर्ताले बताएका छन् ।पोखरा स्थित रामघाटमा राजकीय सम्मानका साथ मन्त्री अधिकारीको अन्त्यष्टि गर्ने कार्यक्रम छ । अन्तिम संस्कारमा सहभागी हुन उपप्रधानमन्त्री ईश्वर पोखरेल सहित नेताहरु बामदेव गौतम र नारायणकाजी श्रेष्ठ पनि पोखरा आउने बताइएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५ शुक्रबार ००:००  ८ : ५९ बजे