२४ बैशाख २०८१, सोमबार | Tue May 7 2024

गोदामचौर बलात्कार घटनाका तीन जना अभियुक्तलाई १० वर्ष जेल



ललितपुर ।
ललितपुर जिल्ला अदालतले ललितपुरको गोदामचौर बलात्कार घटनाका तीनैजना अभियुक्तलाई १० वर्षको जेल सजाय फैसला गरेको छ ।

जिल्ला अदालत ललितपुरका न्यायाधीश धनसिंह महराको इजलाशले अभियुक्त रघु सिलवाल, पवन कुँवर र विशालध्वज कार्कीलाई दोषी ठहर गर्दै १० वर्षको जेल सजाय सुनाएको हो ।

तीनै जनालाई बलात्कारमा १० वर्ष, ज्यान मार्ने उद्योगमा १० वर्ष र चोरीको मुद्दामा ६० दिन जेल सजाय सुनाइएको भए पनि एकैचोटी ५ भन्दा कम मुद्दाको फैसला भएमा सबैभन्दा धेरै सजाय मात्रै हुने भएकोले १० वर्षको जेल सजाय सुनाएको अदालतका श्रेस्तेदार चक्रप्रकाश तिवारीले उज्यालोलाई जानकारी दिनुभयो ।

ज्यान मार्ने उद्योगमा संलग्न भएको अभियोगमा उनीहरुलाई जनही १ लाख रुपैयाँ पीडीतलाई क्षतिपूर्ति भराउने फैसला पनि अदालतले गरेको छ ।

२०७४ साल मंसिरमा गोदावरी नगरपालिका १ गोदामचौरमा २१ वर्षकी युवतीलाई बलात्कार गरी मार्ने उद्धेश्यले टाउकोमा ढुङ्गाले हानेर बेहोस बनाएको र पीडितको साथमा रहेका सामग्री पनि अभियुक्तले चोरेर भागेको ललितपुर अदालतले ठहर गरेको हो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५ शुक्रबार ००:००  २ : २२ बजे