८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्त नाजुक



काठमाडौं ।
पूर्व उपप्रधान तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्त नाजुक बनेको छ।
काठमाडौंस्थित ह्याम्स अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका अधिकारीको अवस्था अत्यन्तै नाजुक बनेको अस्पताल स्रोतले जानकारी दिएको छ।
लामो समयदेखि छातीको संक्रमणबाट पीडित उनलाई अस्पताल भर्ना गर्ने र डिस्चार्ज गर्ने क्रम पटक(पटक दोहोरिएको थियो। पुस २३ देखि अस्वस्थ भएर सुरुमा मेडिसिटी अस्पतालमा भर्ना गरी अधिकारीलाई उपचार गरिएको थियो।त्यसपछि फेरी उनलाई धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना गरिएको थियो।

प्रकाशित मिति : १८ फाल्गुन २०७५ शनिबार ००:००  १० : १३ बजे