२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

भरतमोहनको पार्थिव शरीर धूम्रबाराहीमा



काठमाडौं ।
पुराना कम्युनिस्ट नेता एवं पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीरलाई नेकपाको केन्द्रीय कार्यालय धूम्रबाराहीमा राखिएको छ । अधिकारीको शनिवार राती ८२ वर्षको उमेरमा ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
अधिकारीको पार्थिव शरीरमा पार्टी नेता कार्यकर्ता तथा शुभेच्छुकले श्रद्धाञ्जलि दिइरहेका छन्। बालुवाटारमा जारी नेकपाको सचिवालय बैठक सकिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरु आएर राष्ट्रिय झण्डा ओडाउने कार्यक्रम छ । अधिकारीको पार्थिव शरीरलाई १२ बजे पशुपति आर्यघाट लगिने छ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५ आइतबार ००:००  ३ : ३३ बजे