२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

पूर्वउपप्रधानमन्त्री अधिकारीलाई राजकीय सम्मान दिने सरकारको निर्णय



काठमाण्डौ ।
नेकपाका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि हुने भएको छ । उहाँलाई नेपाल राष्ट्रिय झण्डा ओढाएर राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिनुभयो ।
पशुपति आर्यघाटमा झण्डा ओढाउन उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेल जाने निधो भए पनि प्रधानमन्त्री जाने या नजाने विषयमा टुंगो नलागेको पनि उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५ आइतबार ००:००  ८ : १० बजे