२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

फेवातालमा प्याराग्लाईडिङ दुर्घटना, एकको मृत्यु



पोखरा ।
प्याराग्लाइडिङ गर्दा फेवातालमा खसेर एक विदेशी पर्यटकको मृत्यु भएको छ । सारङकोटबाट उडेका रोमानियाका नागरिक ४२ वर्षीया एड सिजरको मेट्रो सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । एक जना प्याराग्लाइडर फेवातालमा खसेको जानकारी पाएलगत्तै घटनास्थल पुगेर प्रहरीले उद्धार गरेको थियो । उद्धार टोलीले उनलाई अस्पताल पुर्‍याए पनि बचाउन नसकिएको प्रहरी स्रोतले बतायो ।

राहदानी अनुसार उनी नौ जना साथीहरुसहित २३ फेब्रुअरीमा नेपाल आएका थिए । उनले ब्लु स्काई प्याराग्लाइडिङ कम्पनीबाट फेब्रुअरी २५ तारिखदेखि मार्च ११ सम्म सोलो उडान पर्मिट लिएका थिए ।

जमिनमा अवतरण गर्ने क्रममा हावाको सन्तुलन मिलाउन नसकेर उनी तालमा खसेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५ आइतबार ००:००  ८ : १४ बजे