२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

पूर्व उपप्रधानमन्त्रीअधिकारीको अन्त्येष्टि, छोरीहरुले दिए दागबत्ती



काठमाडौं ।
पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी नेकपा का नेता भरतमोहन अधिकारीको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

दिवंगत नेता अधिकारीको चितामा छोरीहरु लुना अधिकारी बस्नेत, लिमा अधिकारी ९आचार्य० र लिजा अधिकारी ले दागबत्ती दिए । लामो समयदेखि श्वासप्रश्वास र निमोनियाबाट ग्रसित अधिकारीको उपचारको क्रममा शनिबार राति ह्याम्स अस्पताल काठमाडौंमा निधन भएको थियो ।

दिवंगत नेता अधिकारीको पार्थीव शरीरलाई आइतवार विहान अन्तिम श्रद्धाञ्जलीका लागि धुम्बाराहीस्थित नेकपाको मुख्यालयमा राखिएको थियो ।

अधिकारीको सम्मानमा सशस्त्र प्रहरीको एक टुकडीले आर्यघाटमा सलामी अर्पण गरेको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५ आइतबार ००:००  ९ : ०९ बजे