१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

नेपालमा फेसबुक बन्द हुने हल्ला गलत (विज्ञप्ती सहित)



काठमाडौं ।
नेपालमा फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द हुने भनेर भएका हल्लाहरू निराधार रहेको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालमा फेसबुक लगायतका सामाजिक सञ्जालहरु बन्द हुने भनेर आएका सूचनाहरू गलत भएको जनाएको हो। मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जारी गरेको विज्ञप्तिमा फेसबुक तथा टुइटर बन्द हुने भनेर सामाजिक सञ्जालमा गरिएका पोष्टहरु गलत भएको बताएका छन्। विज्ञप्तिमा यसरी भ्रमित पार्ने सूचना सम्प्रेषण गर्ने व्यक्तिमाथि अनुसन्धान सुरु भएको र चाँडै नै कानुनी कारबाहीको दायरामा ल्याइने बताइएको छ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५ आइतबार ००:००  १० : ४६ बजे