५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

नेविसंघ र तरुण दलद्धारा शैक्षिक सामग्री वितरण



मायादेवी अनलाइन, वाणगंगा । 

नेपाली कांग्रेस निकट भातृसंगठन नेविसंघ र तरुण दल कपिलवस्तुले विद्यार्थीहरुको लागि शैक्षिक सामग्री वितरण गरेको छ । कक्षा ७ देखि स्नातक तह सम्म अध्ययन गर्ने ९ जना दृष्टिविहिन विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण गरिएको हो । कपिलवस्तुको शिवपुरमा अवस्थित नेपाल आर्दश उमाविमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीलाई आइतबार उक्त शैक्षिक सामग्री वितरण गरिएको बताइएको छ ।

प्रतिनिधिसभा क्षेत्र नं. ३ का सांसद अभिषेक प्रताप शाह, तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरी, युवा नेता अजय थापा लगायतका नेताको उपस्थितीमा छात्रबृत्ती वितरण गरिएको नेविसंघका नेता चन्द्रकान्त पोख्रेलले जानकारी दिनुभयो ।

रुपन्देही स्थायी घर भई हाल विदेश बसोबास गर्ने केशवराज विश्वकर्माको विषेश सहयागमा ४५ हजार बराबरको शैक्षिक सामग्री वितरण गरिएको पोख्रेलले जानकारी दिनुभयो ।

कार्यक्रमका बोल्दै सांसद शाहले यस्तो कामहरु अन्य ठाउँहरुमा पनि गर्नुपर्नेमा जोड दिनुभयो । पढाईबाट बञ्चित तथा जेहेन्दार विद्यार्थीलाई गर्ने सहयोग जीवनको लागि ठूलो सेवा हुने भन्दै यता तिर ध्यान दिन सबैमा उहाँले आग्रह गर्नुभयो ।

विश्वमणी घिमिरेको अध्यक्षता, मधु पोख्रेलको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन चन्द्रकान्त पोख्रेलले गर्नुभएको थियो ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०७५ सोमबार ००:००  १ : १६ बजे