१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अपडेटः त्रिशूली नदीमा बस खस्दा तीनजना घाइते



चितवन ।

मिनीबस त्रिशूली नदीमा खस्दा तीनजना घाइते भएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ४ घोप्टेभीर भन्ने ठाउँबाट राति १० बजेतिर ना ५ ख ३६८२ नम्बरको बस त्रिशूली नदीमा खस्दा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये दुईजना उपचारपछि घर फर्किसकेका छन् भने तनहुँको दमौलीका निशान सुनारको चितवनमा उपचार भइरहेको छ । बसमा तीनजना मात्रै रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १२ चैत्र २०७५ मंगलबार ००:००  २ : ५७ बजे