७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

प्रहरीकै फेसबुक पेजमा अस्लील तस्विर पोष्ट !



गोरखा । 

जिल्ला प्रहरी कार्यालय गोरखाको फेसबुक पेजमा अस्लील तस्विर पोष्ट गरिएको छ । पेजको प्रोफाइल पिक्चर र टाइमलाइन पिक्चरमा समेत अस्लील तस्बिर पोष्ट गरिएको छ । सोमबार साँझदेखि देखा पर्न थालेको सो अस्लील तस्बिर मंगलबार बिहानसम्म पनि यथावत रहेको छ ।

जिल्ला प्रहरी कार्यालयको नाममा रहेको फेसबुक पेज अरुले चलाएको हुनसक्ने जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले जानकारी दिए । ‘पेजमा यस्तो देखिएपछि तनाब हुन थालेको छ ।

रातभरि सुत्न पनि पाएको छैन’, एसपी रावलले भने, ‘विभिन्न ठाउँबाट फोन आइरहेका छन् । हामी निरन्तर त्यसलाई हटाउन र कसले यस्तो ग¥यो भनेर पत्ता लगाउन लागिपरेका छौं ।’ सिआईबीको समेत प्रयोग गरिएको उनले बताए ।

प्रकाशित मिति : १२ चैत्र २०७५ मंगलबार ००:००  ३ : ३५ बजे