१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

ट्रम्प भन्छन्, सञ्चारमाध्यम जनताका शत्रु हुन्



एजेन्सी । 

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मंगलबार मुल धारको सञ्चारमाध्यमलाई ‘शत्रु’ र ‘प्रतिपक्षी दल’ को संज्ञा दिएका छन् । राष्ट्रपति निर्वाचनको अभियानमा रुससँग साँठगाँठ गरेको आरोप छानविनपछि पेश भएको अमेरिकी संघीय अनुसन्धान विभागका पूर्व निर्देशक रोबर्ट मुलरको प्रतिवेदनले दोषी नभेटिएको निष्कर्षपछि ट्रम्पको भनाई आएको हो ।

राष्ट्रपति ट्रम्पले पत्रकारले अमेरिकी निर्वाचनमा रुसी हस्तक्षेपबारे भएको अनुसन्धान रिपोर्टलाई न्याय संगत प्रस्तुत नगरेको आरोप लगाएका थिए । “विश्वका सञ्चारमाध्यम भ्रष्ट र मिथ्या बनेकाले जनताको आक्रोस र घृणा प्रकट गर्ने गरेका छन्,” अमेरिकी उनले ट्वीटरमार्फत भने, “राष्ट्रपति अभियानमा रुसी साँठगाँठको मुद्दालाई विगत दुई वर्षसम्म भ्रमीत गर्ने प्रयास सञ्चारमाध्यमले गरे यद्यपि उनीहरूलाई निर्वाचनमा कुनै साँठगाँठ नरहेको जानकारी थियो ।”  राष्ट्रपति ट्रम्पले थपे, “उनीहरू साँच्चै जनताका शत्रु र वास्तविक प्रतिपक्ष हुन् ।”

प्रकाशित मिति : १२ चैत्र २०७५ मंगलबार ००:००  ५ : ०७ बजे