१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अफगानिस्तान पाकिस्तान संग रुष्ट, राजदूत समेत फिर्ता बोलायो



एजेन्सी ।
अफगानिस्तानले पाकिस्तानबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले दिएको एक अभिव्यक्तिबाट रुष्ट बनेको अफगानिस्तानले आफ्ना राजदूतलाई फिर्ता बोलाएको हो ।
इमरान खानले सोमबार अफगानिस्तानमा अन्तरिम सरकार गठन हुनुपर्ने अभिव्यक्ति दिनुभएको थियो । खानको उक्त अभिव्यक्तिलाई अफ्गानिस्तानले गैरजिम्मेवार भनेको छ ।

पत्रकारहरूसँगको भेटमा प्रधानमन्त्री खानले असरफ घानी नेतृत्वको वर्तमान सरकार शान्ति प्रक्रियामा बाधा बनिरहेको आरोप लगाउनुभएको थियो ।
प्रधानमन्त्री खानले आगामी दिनमा तालिवान समूहबीच वार्ताले गति लिने पनि बताउनुभएको थियो । तर तालिवान समूहले अफगानिस्तानको वर्तमान सरकारसँग वार्ता गर्ने अडान लिँदै आएको छ ।
अमेरिकाले पनि अफगानिस्तानमा रहेका तालिवान लडाकु समूहसँग वार्ता गर्ने कोशिस गर्दै आएको छ । पाकिस्तानी प्रधानमन्त्रीको अभिव्यक्तिबाट रुष्ट अफगानिस्तानले आन्तरिक मामिलामा दखल नदिन चेतावनीसमेत दिएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५ बुधबार ००:००  १० : २१ बजे