१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

जयमनकामनामा बाइक किन्दा सुन र नगद छुट अफर


१३ चैत्र २०७५ बुधबार ००:००  

8
Shares

चारनम्बर कपिलवस्तु ।
नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एम ए डब्लु इन्टरप्राइजेजले ग्राहक लक्षित नयाँ आकर्षक योजना ल्याएको छ । नयाँ वर्षको अवसर पारेर यमाहा कम्पनीले ग्राहकलाई नयाँ अफर सहितको विशेष आकर्षक योजना ल्याएको हो । कम्पनीको विशेष योजनासंगै यस क्षेत्रकै सवैभन्दा पहिलो यमाहा मोटरसाइकको आधिकारिक विक्रेता जयमनकामना मोटरसाइकल वक्र्स चारनम्बरले ग्राहकवर्गलाई नयाँवर्षको विशेष अफर दिनेछ । वाणगंगामा रहेर २०६२।०६३ देखि निरन्तर विक्री वितरण गर्दै आएको यमाहाको आधिकारिक विक्रेता जयमनकामना मोटरसाइकल वक्र्सले यस्तो अफर बजारमा ल्याएको हो ।
आफ्ना ग्राहकहरुलाई विभिन्न समयमा आकर्षक योजना ल्याउदै आएको कम्पनीले सुनौलो २०७६ नामक योजना ल्याएको हो । योजनामा ग्राहकले प्रत्येक मोटरसाईकल तथा स्कुटर खरिद गर्दा एउटा स्क्रयाच कार्डमार्फत एक लाख रुपैयाँसम्म नगद छुट प्राप्त गर्नेछन् । साथै, हरेक खरिदमा ग्राहकले नयाँ वर्ष योजना अवधिभर यामाहाका हरेक डिलरमा साप्ताहिक लक्की ड्र मार्फत (सुनको सिक्का) प्रदान गर्नेछ । लक्की ड्रका विजेताले यामाहाको तर्फबाट सुनको सिक्का जित्न सक्ने आधिकारी विक्रेता जयमनकामना मोटरसाईकल वक्र्स चारनम्बर कपिलवस्तुले जनाएको छ । उक्त योजनाको समयअवधि भर यामाहाले आफ्ना भाग्यशाली ७ सय जना ग्राहकलाई सुनको सिक्का प्रदान गर्ने छ ।
‘नयाँ वर्ष योजना’ले नयाँ वर्षको उल्लासलाई झन् बढाउने र ग्राहकको मन जित्दै आफनो डिलरबाट खरिद गर्ने ग्राहकलाई सुनको सिक्का पक्का पर्ने गरी योजना ल्याएको जयमनकामना मोटरसाइकल वक्र्सका प्रोप्राइटर दिपक पाठकले जानकारी दिनुभयो । लक्की ड्र चैत्र १७ गतेदेखि प्रत्येक आइतबार हरेक डिलरमा लागु हुनेछ ।
सोही अवसरमा यदि कुनै पनि ग्राहकले जुनसुकै ब्राण्डका पुरानो मोटरसाईकल तथा स्कुटर ल्याएर आएमा यामाहाको नयाँ मोटरसाईकल तथा स्कुटर खरिद गर्न सक्ने समेत बताइएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५ बुधबार ००:००  १२ : १४ बजे