१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

सरोगेसी मार्फत सन्तान जन्माएका यी हुन बलिउड कलाकार



एजेन्सी

सरोगेसीको माध्यमबाट आमा बुबा बनेको बिषय बलिउड फिल्ममा धेरै पटक आएका छन् । बलिउडलाई नजिकबाट नियाल्ने हो भने रिलमा झै रियलमा पनि केही कलाकार सरोगेसीको माध्यमले आमाबुबा बनेका छन् । आज चर्चा ती सेलिब्रेटीको गर्न खोजिएको छ । जो सरोगेसीको माध्यमले आमाबुबा भए ।

शाहरुख खान 

बलिउडका सुपरस्टार शाहरुख खान र उनकी पत्नी गौरीले दुई सन्तान हुँदाहुँदै पनि सेरोगेसीको सहारा लिएका थिए । बलिउडमा सेरोगेसीको सहारा लिने सेलिब्रेटीमा शाहरुख पहिलो हुन् । शाहरुखको सरोगेसीको माध्यमबाट जन्मिएको बच्चाको नाम अबराम हो ।

आमिर खान 

अभिनेता आमिर खानकी श्रीमती किरण रावले पनि बच्चा जन्माउन सरोगेसीको सहारा अपनाइन् । सरोगेसीबाट उनीहरुलाई छोरा भएको थियो । जसको नाम दुबैले आजाद राखेका छन् ।

लीजा रे 

बलिउड अभिनेत्री लीजा रे ले ४६ बर्षको उमेरमा सरोगेसीबाट जुडुवा बच्चा जन्माएकी थिइन् । दुई बच्चाको आमा बनेको खुसी उनले तीन महिनासम्म इष्टाग्राम मार्फत सार्वजनिक गरिरहिन् । उनलाई २००९मा ब्लड क्यान्सर भएको थियो । उनले २०१०मा आफु क्यान्सर फ्रि भएको सार्वजनिक गरेकी थिइन् । उनी २०१८मा सरोगेसी मार्फत आमा बनेकी हुन् ।

तुषार कपुर र एकता कपुर 

फिल्म निर्माता एकता कपुर र उनको भाई तुषार कपुरले सरोगेसी मार्फत सन्तान सुख पाएका छन् । एकता यसै बर्ष अर्थात २७ जनवरीमा जन्मिएको बच्चाको आमा बनिन् । उनले सामाजिक संजालबाट आफ्नो बच्चाका लागि आर्शिवाद र शुभकामना समेत लिएकी थिइन् । उनले बुबा जीतेन्द्रको असली नाम रविबाट आफ्नो बच्चाको नाम राखेकी छन् । तुषारको छोराको नाम भने लक्ष्य रहेको छ ।

सन्नी लियोनी 

बलिउडकी हट अभिनेत्री सन्नी लियोनी अहिले तीन सन्तानकी आमा हुन् । उनले २०१७मा निशा कौर नामक बच्चालाई सहार दिएकी थिइन् । २०१८ मा भने उनले सरोगेसी मार्फत जुडुवा बच्चा अशर र नोआ सिंह वेबर पाएकी छन् ।

करण जौहर 

बलिउडका चर्चित फिल्म मेकर करण जौहर पनि सरोगेसीको माध्यमबाट दुई सन्तानको पिता बनेका हुन् । उनको दुई बच्चामा एक छोरा र एक छोरी छिन् । जसको नाम यश र रुही जौहर राखिएको छ ।

साहेल खान 

सलमान खानको भाई सोहल र उनकी श्रीमती सिमाले पनि सरोगेसीको माध्यमबाट बच्चा हासिल गरेका थिए । उनीहरुले उक्त बच्चाको नाम पहिले निर्वान राखेका थिए ।

कृष्णा र कश्मीरा शाह 

भारतीय टिभीका सफल कमेडियन कृष्णा र कश्मीरा शाहले पनि सरोगेसीको माध्यमले जुडुवा बच्चा जन्माए । ४५ बर्षका कश्मीरा र ३४ बर्षका कृष्णले २०१३ मा विवाह गरेका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०७५ बिहिबार ००:००  ४ : ०० बजे