१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

४ सय १६ जना बिजुली चोर पक्राउ, ६ प्रतिशतले घट्यो विद्युत् चुहावट



लहान ।
विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि आर्थिक वर्ष २०७५र७६ को सात महीनाको अवधिमा सिरहाको लहान क्षेत्रमा करीब ६ प्रतिशत विद्युत् चुहावटमा कमी आएको छ ।
विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले चुहावट नियन्त्रणका लागि अभियान सञ्चालन गरेपछि चुहावट २८ दशमलव ६० प्रतिशतमा झरेको हो । गत आर्थिक वर्ष २०७४र७५ सम्म करीब ३४ दशलव ८८ प्रतिशत विद्युत् चुहावट हुँदै आएकामा आर्थिक वर्ष २०७५र७६ को साउनदेखि माघसम्ममा करीब ६ प्रतिशत विद्युत् चुहावट घटेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख बिष्णुप्रसाद यादवले जानकारी दिए ।
यस्तै समयमा विद्युत्को महसुल नबुझाउने ३ सय ३३ ग्राहकको लाइन काट्दा ९९ लाख ६४ हजार ४११ बाँकी बक्यौता रकम सङ्कलन भएको प्रमुख यादवको भनाइ छ ।
त्यस्तै विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले सो अवधिमा हुकिङ गरी विद्युत् चुहावट गर्ने ४ सस १६ लाई पक्राउ गरी जरिवानावापत ५० लाख २९ हजार रुपैयाँ राजश्व सङ्कलन भएको जनाएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७५ बिहिबार ००:००  ७ : ४६ बजे