११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

लगानी सम्मेलनमा यूएईका १३ प्रतिनिधि सहभागी हुने



यूएई ।
शुक्रबारदेखि काठमाण्डौमा हुने लगानी सम्मेलनमा यूएईबाट १३ जना सहभागी हुने भएका छन् । सहभागी हुन प्रतिनिधि बिहीवार नेपाल पुगेका छन् । यूएईको सरकारी तथा नीजि क्षेत्रका गरी १३ जना प्रतिनिधिले सम्मेलनमा सहभागिता जनाउन लागेको काठमाण्डौमा रहेको यूएईको दूतावासले जनाएको छ । लगानी गर्न इच्छुक लगानीकर्ता काठमाण्डौमा रहेको यूएईको दूतावासको समन्वयमा सम्मेलनमा सहभागी हुन लागेका हुन् । सम्मेलनमा यूएईको उच्च सरकारी क्षेत्रबाट समेत सहभागीताको तयारी भए पनि प्राविधिक कारणले त्यो उच्च सरकारी क्षेत्रको टोली सहभागी भएन ।

उच्च सरकारी क्षेको टोली सम्मेलन सकिए पनि लगानीको अध्ययनका लागि नेपाल जाने तयारीमा रहेको आबुधाबीमा रहेको नेपाली दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७५ बिहिबार ००:००  ११ : ०३ बजे