२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

प्रधानमन्त्री ओली र भारतीय विदेश सचिव गोखलेबीच भेटवार्ता



काठमाडौं ।
भारतीय विदेश सचिव विजय गोखलेले प्रधनमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
नेपाल भ्रमणमा रहेका गोखलेले बिहीबार दिउँसो प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन्। भेटमा नेपाल र भारतको समसामयिक विषयमा छलफल भएको छ। विदेश सचिव गोखलेले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिएका छन्। गोखले बिहीबार दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका हुन्। उनले केही समयअघि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँग भेटवार्ता गरेका थिए।
उनी काठमाडौं आए लगतै दुई पक्षीय सम्बन्ध र सहकार्यको बारेमा नेपाली समकक्षीसँग बैठक गरेका थिए।
नेपाली समकक्षी शंकरदास वैरागीसँग भारत–नेपाल सम्बन्धका सबै पक्षका बारेमा दुई पक्षीय बैठक भएको हो। बैठकअघि नेपाल आएका गोखले र नेपालका विदेश सचिव वैरागीबीच भेटवार्ता गरेका थिए।
सचिव गोखलेका साथ सहसचिव सुधाकर दलेला पनि भ्रमण दलमा सहभागी छन्। १५ महिनाअघि विदेश सचिवमा नियुक्त गोखलेको यो पहिलो औपचारिक भ्रमण हो।

प्रकाशित मिति : १४ चैत्र २०७५ बिहिबार ००:००  ११ : ४७ बजे