१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

आफ्ना सेना भेनेजुएलामा भएको रुसको पुष्टि



एजेन्सी ।
रुसले आफ्ना सेना भेनेजुएलामा भएको पुष्टि गरेको छ। भेनेजुएला यतिबेला राजनीतिक संकटकाबीचमा गुज्रिरहेको छ।
आफ्ना सेना वैधानिक रुपमा भेनेजुएलामा तैनाथ भएको बताउँदै रुसले त्यहाँको सत्ता र शक्तिमा कुनै असर नगर्ने बताएको छ। बिहिबार रुसी विदेश मन्त्रालयका महिला प्रवक्ता मारिया जाकारोभाले रुसी सेना भेनेजुएलामा पुगेको कारणबारे खुलाइन्।उनले भनिन्,‘मस्को र कराकासबीचको द्विपक्षीय अन्तर्रा्ष्ट्रिय सम्झौताअनुसार नै सेना भेनेजुएला पुगेको हो।’
रुस र भेनेजुएलाका सेनाले तीन महिना अगाडिमात्र संयुक्त सैन्य अभ्यास गरेका थिए।गत जनवरीमा विपक्षी दलका प्रमुख नेता हुवाँ गोइदोले आफैलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि भेनेजुएलामा संकट बढेको हो।

प्रकाशित मिति : १५ चैत्र २०७५ शुक्रबार ००:००  ८ : ३० बजे